adv

माओवादीको सबै धार एकैठाउँ, शान्ति सम्झौताविपरितका गतिविधिको प्रतिवाद गर्ने

२३ फागुन, दमक ।

विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीत हुने गतिविधिको प्रतिवाद गरिने माओवादी धारका ८ पार्टीले जनाएका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका ८ पार्टीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ –‘शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्न हामी एक मत छौं’ पहिलो निर्णयमा भनिएको छ ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्ने भन्दै ८ दलले विभिन्न समयमा राजइसँग भएका सहमति र सम्झौताहरुको कार्यान्वयन हुनुपर्नेमा समेत जोड दिएका हुन् ।

बैठकपछि जारी विज्ञप्तिमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र माओवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद धिमालले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री दाहालविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि नजिकिएका माओवादी नेताहरु सकेसम्म पार्टी एकता वा त्यो तत्काल सम्भव नभए कार्यगत एकता गर्नेबारे छलफल भएको बताइन्छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु