२५ फागुन, दमक ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आज बिहीबार उपराष्ट्रपतिको उम्मेद्वार छान्दैछ ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको आज दिउँसो ३ बजे बस्ने बैठकले उपराष्ट्रपतिको उम्मेद्वार टुङ्गो लगाउन लागेको हो ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा दिउँसो ३ बजे बस्ने बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिकराजनीतिक विषयमा छलफल हुने पार्टी उच्च स्रोतले जनाएको छ ।
सत्ता गठबन्धनमा भागबन्डा गर्दा राष्ट्रपति उम्मेदवार नेपाली कांग्रेसले र उपराष्ट्रपति उम्मेदवार जसपाले पाउने सहमति भएको थियो ।
त्यसयता जसपा संसदीय दलका नेता राम सहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेद्वार बनाउने चर्चा चलिरहेको भए पनि उम्मेद्वार कोभन्ने बारे ठोस निर्णय भएको छैन ।
उपराष्ट्रपति पदको लागि चैत ३ गते निर्वाचन कार्यक्रम तोकिएको छ ।


