२७ फागुन, दमक ।

माङसेबुङ २ का आगालागी पीडित हस्तवीर लिम्बूको परिवारलाई माङसेबुङ गाउँपालिकाले आपतकालीन राहत उपलब्ध गराएको छ ।
पालिकाको विपत व्यवस्थापन कोषबाट आपतकालीन राहतका रूपमा अत्यावश्यक खाद्यान्न सामग्री २ बोरा चामाल, दाल तेल, मसला र भाँडावर्तन, सिरक उपलब्ध गराइएको हो ।
शनिबार दिउँसो आगालागी हुँदा लिम्बूको घर जलेर नष्ट भएको थियो ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष कृष्ण बस्नेत, कार्यपालिका सदस्य तथा प्रवक्ता सुसन राई, विपत व्यवस्थापन समिति (सचिव) फोकल पर्सन युवराज दाहाल, लेखाशाखाबाट राम दुलाल, वडा नम्बर २ का वडा सदस्य मनिकुमार राई, पत्रकार बालकृष्ण बस्नेतको सहभागिता रहेको थियो ।
आगलागीमा १४ लाख ४६ हजार बराबरको धनमाल जलेर नष्ट भएको इभाङ प्रहरीले जनाएको छ । विद्युत सर्त भइ आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
स्थानीय र प्रहरीले आगो निभाएका थिए ।

