२७ फागुन, माङसेबुङ ।

इलामको माङसेबुङ २ मा शनिबार भएको आगलागीमा एक घर पूर्ण रूपमा जलेको छ ।
स्थानीय हस्तवीर लिम्बूको घरमा दिउँसो आगलागी भएको थियो । आगलागीमा परि उनको पूरै घर जलेको इभाङ प्रहरी चौकीका इञ्चार्ज प्रदिप गिरिले जानकारी दिए ।
घटनाका प्रारम्भिक अनुसन्धानमा १४ लाख ४६ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।
विद्युत सट भई आगलागि भएको आशंका छ । आगो स्थानीय र प्रहरीले मिलेर निभाएका थिए ।
आगलागी पीडित लिम्बूको परिवारलाई माङसेबुङ गाउँपालिकाले आपतकालीन राहत वितरण गर्न लागिएको पालिका प्रवक्ता एवम् आर्थिक समिति संयोजक सुसन राईले जानकारी दिएका छन् ।

