कविध्वज राई
२७ फागुन, उर्लाबारी ।
दोस्रो उर्लाबारी सेफ्टी ट्याङ्की बी डिभिजन व्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधि दमकका पुष्पराज पाण्डे र उत्सब उप्रेतीको जोडीले हात पारेको छ ।
आफ्नो प्रतिद्वन्द्वी पथरीका दिलकुमार राई र सुमन राईलाई सोझो सेटमा २१–१८ र २१–१६ को अन्तरले पछि पार्दै पाण्डे र उप्रेतीको जोडीले उपाधि जितेको हो ।
उनीहरुले प्रथम पुरस्कार १८ हजारसहित ट्रफी र प्रमाणपत्र हात पारे ।
उपविजेता बनेका राई जोडीले नगद १२ हजारसहित पुरस्कारमा चित्त बुझाए ।
शुक्रबार र शनिबार सम्पन्न प्रतियोगिताको तृतीय स्थानमा दावा तामाङ र चन्द्र लिम्बू, सञ्जय घिसिङ र राजु कटुवालको जोडी रहन सफल भए । तृतीय हुने टोलीहरुलाई नगल ५ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।
दुई दिवसीय बी डिभिजन सो व्याडमिन्टन प्रतियोगितामा दमक, उर्लाबारी, रङ्गेली, पथरी, मधुमल्ला, चुलाचुली, टाँडीका खेलाडीहरुको सहभागीता रहेको थियो ।
उर्लाबारी सेफ्टी ट्याङ्की सेवाको आयोजना रहेको प्रतियोगितामा अरनिको हस्पिटल प्रा.लि., रिया रिसर्च कन्स्ट्रक्सन, स्पोर्टस ग्यालरी र एलिना प्रिन्टर्सले सह–प्रायोजन गरेका सोम गुरागाईंले जानकारी दिए ।