adv

प्रदेशको नाम लिम्बुवान किरात राख : फोनिज

२९ फागुन, दमक

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले प्रदेश नम्बर लाई पहिचानका आधारमा लिम्बुवान किरात प्रदेशनामाकरण गर्नुपर्ने माग दोहोर्याएको

शनिबार आइतबार सर्लाहीको हरिवनमा सम्पन्न फोनिजको नीति तथा विधान सम्मेलनपछि जारी १३ बुँदे घोषणा पत्रमा यस्तो मागगरिएको हो

प्रदेशको नामाकरण गर्दा पहिचानलाई बेवास्ता गरि कोशी कायम गरिएकोप्रति फोनिजले आफ्नो गम्भीर ध्यानाकर्षण भएकोजनाएको

त्यस्तै,  फोनिजले तत्कालिन नेपाल पत्रकार संघका संस्थापक सत्यनारयणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापकसभापतिको रुपमा स्वीकार गर्न समेत माग गरेको

सो कार्यक्रममा आमन्तृत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोशी प्रदेशमा पहिचानको आधारमा प्रदेशकोनामकरण नगरिएकोमा आफ्नो व्यक्तिगत असन्तुष्टी रहेको बताएका थिए

आदिबासी पहिचानको संघर्ष अझै नसकिएको भन्दै मन्त्री किरातीले ढिलोचाँडो पहिचानको मुद्दा स्थापित हुने विश्वास समेत व्यक्तगरेका थिए

उनले आदिबासी परिकार तथा संस्कृतिलाई पर्यटक भित्र्याउने प्रमुख आधारको रुपमा विकास गर्न सकिने त्यसबाट समग्र देशकोपर्यटन क्षेत्रको विकास हुने दावी गरे

फोनिज संघीय समितिका अध्यक्ष गजुरधन राईले पहिचानकै आधारमा प्रदेशको नामाङ्कन गराउन फोनिजको तर्फबाट पहलकदमी साथ सहयोग जारी रहने प्रतिवद्धता दोहोर्याएका थिए

कार्यक्रममा फोनिजका निव्र्तमान अध्यक्ष दण्ड गुरुङ, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), बागमतीनगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तान नेपाल पत्रकार महाङ्घ सर्लाहीका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले शुभकामना व्यक्तगरेका थिए

सम्मेलनमा भाग लिन विभिन्न जिल्लाबाट आदिवासी जनजाति पत्रकारहरु सर्लाही आएका थिए

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै फोनिजका संघीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले आदिवासी जनजाति पत्रकारको उत्थान सहभागिता वृद्धिका लागि फोनिजले निरन्तर पहल गरिरहेको बताएका थिए

सम्मेलनले फोनिज विधानमा संशोधन गरेको महासचिव मिलन लिम्बूले जानकारी दिएका छन फोनिजले संघीय राजधानीकाठमाडौं उपत्यका लक्षित गैरभौगोलिक विशेष प्रदेश थप फोनिजको संरचना पालिका तहसम्म विस्तार गर्ने गरी विधान संशोधनगरेको हो


२०५६ साल जेठ २७ गते स्थापित फोनिजको ६० जिल्ला शाखा, जातीय पत्रकार संस्था, प्रदेश समिति, विदेश शाखा रहेकाछन् यस संस्थामा देशभरबाट करिब साढे चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन्

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु