२९ फागुन, दमक ।
जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपति पदको उम्मेद्वार बनेकी प्रमिला यादवले आफ्नो उम्मेद्वारी फिर्ता लिएकी छन ।
जसपा राजनीतिक समिति सदस्य र राष्टृय सभाकी सदस्य समेत रहेकी यादवले आज सोमबार आफ्नो उम्मेद्वारी फिर्ता लिएकी हुन ।
उम्मेद्वारी फिर्ता लिँदै उनले पार्टी र गठबन्धनका आधिकारिक उम्मेद्वार राम सहाय प्रसाद यादवलाई अत्यधिक मत दिएर विजयीगराइदिन अनुरोध गरेकी छन ।
यादवले सोमबार जारी गरेको विग्यप्तिमा उल्लेख छ -‘प्राविधिक रूपमा मेरो नाम उम्मेद्वारको रूपमा रहन गएको भए तापनिप्रतिवद्धताका साथ म उहाँलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्दछु ।‘
संविधानमा राष्ट्रपति र उपराष्ट्रपति पदमा ‘फरक फरक लिङ्ग वा समुदायबाट हुनुपर्ने छ‘ भन्ने सव्दावलीको व्याख्या फरक फरकलगाइएपछि २७ फागुनमा जसपाबाट राम सहाय र प्रमिला प्रमिला दुवैले उम्मेद्वारी दिएका थिए ।
गठबन्धन तर्फका उम्मेद्वार राम सहायको उम्मेद्वारीविरुद्ध उजुरी पर्ने र निर्वाचन आयोगले उनको उम्मेद्वारी खारेज गरेमा प्रमिलालाईआधिकारिक उम्मेद्वार बनाउने जसपाको योजना थियो ।
एमालेका तर्फबाट उपराष्ट्रपति पदकी उम्मेद्वार अष्ठलक्ष्मी शाक्यले राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेल र उपराष्ट्रपति उम्मेद्वारकारूपमा राम सहाय प्रसाद यादव एउटै लिङ्गको हुन संविधानले रोक्ने भन्दै उम्मेद्वारी खारेज गर्नुपर्ने माग सहित निर्वाचन आयोगमाउजुरी दिएकी थिइन ।
निर्वाचन आयोगले हिजो आइतबाट यादवको उम्मेद्वरी खारेज गर्नु नपर्ने भन्दै उम्मेद्वारी कायम हुने निर्णय गरेको थियो ।
अब उपराष्ट्रपति निर्वाचनका लागि यादव र शाक्यसहित जनमत पार्टीको ममता झाबीच प्रतिस्पर्धा हुने भएको छ ।
यादवले आफूलाई मतदान गर्न अनुरोध गर्दै संघका सांसद र प्रदेश सभा सदस्यहरुलाई सन्देश पठाएका छन ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाको मत यादवलाई जाने हुनाले उनको जित सुनिस्चित रहेको जसपा उच्च स्रोतले दावी गरेको छ ।



