adv

मेचीनगरमा करेन्ट लागेर एकजनाको मृत्यु

१ चैत,मेचीनगर । झापाको मेचीनगरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मेचीनगर नगरपालिका-४ का ४५ वर्षीय पुष्टबहादुर कडरिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कडरिया बुधवार बिहान ७ बजे घर नजिक सडक छेउको काभ्रा रुखमा चढेर घाँस, दाउरा काट्ने क्रममा बिजुली तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको छ ।

उता घटना बारेमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु