adv

अखाद्यबाट हुने जोखिम न्यूनीकरणका लागि नीति आवश्यक

चैत, दमक

बजारमा बिक्रि वितरण भैरहेको अखाद्य वस्तु नियन्त्रण त्यसबाट हुने जोखिमन्यूनीकरण गर्न आवश्यक नीति बन्नुपर्नेमा जोड दिइएको

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा बुधबार झापाको दमकमाआयोजित अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै दमक नगरपालिकाकीउपप्रमुख रेगिना भट्टराई प्रसाईंले उपभोक्ता अधिकारका लागि स्थानीय सरकारलेनीति नै बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याइन

दैनिक जीवनमा मिसावट विषादियुक्त खानपानका कारण दीर्घ रोगीको संख्याबढ्दो त्यसैले हामीले रोगको उपचार गर्ने भन्दा पनि रोग लाग्न नदिनेउपायतर्फ ध्यान दिनु पर्छ‘,  उपप्रमुख भट्टराईले भनिन

बजार अनुगमनको जिम्मेवारी संविधानत: स्थानीय सरकारको दायित्वभित्र जिम्मेवारीको हिसाबले उपप्रमुख वा उपाध्यक्षको हुने भए पनि सम्बद्ध सबै पक्षकोसहयोग उत्तिकै आवश्यक हुने भन्दै उनले प्रभावकारी अनुगमनका लागि आवश्यकस्रोत सधनको कमी विज्ञहरुको अभाव रहेको स्वीकार गरिन

हरेक वर्ष १५ मार्चलाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाउन संयुक्तराष्ट्र संघले आह्वान गर्दै आए अनुसार इलाका प्रशासन दमकले  सोमबार कार्यक्रम आयोजना गरेको हो

कार्यालयका ना सु सुरेन्द्रराज दाहालले  बजार अनुगमनका क्रममा पाइने अखाद्य , नापतौल त्रुटि, प्याकेजिङका नाउँमा बेचिने गुणस्तरहिन सामग्री, ।मूल्य सूचीलुकाउने,  दण्ड जरिवाना लगायत विषयमा प्रस्तुती दिएका थिए

त्यस्तै, दमक नगरपालिकाकी बजार व्यवस्थापन तथा अनुगमन प्रमुख लक्ष्मीन्यौपानेले बजार अनुगमनका क्रममा बिगतमा पाइएका कमजोरी दमकनगरपालिकाले गरेको उपभोक्ता सर्वेक्षण बारे प्रस्तुति दिएकी थिइन

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, कमलगाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने, दमक नगरपालिकाका प्रमुखप्रशासकीय अधिकृत शशी राई, इलाका प्रहरी प्रमुख, दमक , कावडाअध्यक्षहरु अन्य विभिन्न कार्यालयका प्रमुख प्रतिनिधि सहभागी थिए

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु