भोलि चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको छ ।
शुक्रबार नयाँ बानेश्वरको संसद भवनमा हुने उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रपति तथा उपराष्ट्रपतिनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
कार्यालयका प्रमुख महेश शर्मा पौड्यालले दिएको जानकारी अनुसार मतदान केन्द्र निर्माण, मतपत्रको तयारी लगायत सम्पूर्ण तयारीपूरा भएको छ ।
मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म गरिने र ४ बजेदेखि मतगणना सूर गरेर साँझ ७ बजेसम्म मतपरिणाम आइसक्नेबताइएको छ ।
उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संसद भवनको ल्होत्से हलमा २ वटा मतपेटिकाको व्यवस्था गरिएको निर्वाचन अधितकृतकोकार्यलयले जनाएको छ ।
निर्वाचनमा ४ जनाको उम्मेद्वारी दर्ता भए पनि प्रमिला कुमारी यादवले आफ्नै दल जसपाका राम सहाय प्रसाद यादवलाई समर्थनगरिसकेकी छन ।
सत्ता गठबन्धनमा सहभागी समेत रहेका जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी बाहेकले यादवलाई साझा उम्मेद्वारबनाएका छन । राम सहायलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको समर्थन छ । मतभारको आधारमा उनको जित निश्चितजस्तै छ ।
जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेकी छिन् । उनलाई नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीले सहयोग गर्नेजनाएका छन् ।
यस्तै नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य चुनावी प्रतिस्पर्धामा रहेकी छिन् ।
निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभा तर्फका ५५० सांसद मतदाताका रुपमा रहेका छन् ।