adv

काँकरभिट्टामा चैत ८ गतेदेखि महा मै मैत्री पूजा हुने

४ चैत,मेचीनगर। झापाको काँकरभिट्टास्थित रमाइलो गाउँमा यही चैत ८ गतेदेखि १० गतेसम्म हुने १८ औँ महा मै मैत्री दिवस एवम विश्वशान्ति महा मै मैत्री पूजा हुने भएको छ ।

मेचीनगर–६ को काँकरभिट्टामा बोधी श्रवण धर्म संघ झापाको आयोजनामा हुने मैत्री दिवस र प्रार्थनाको तयारीबारे कार्यक्रमस्थल कालीखोला रमाइलो गाउँमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

कोसी प्रदेशका नौ जिल्ला र भारतका विभिन्न स्थानबाट समेत गुरुहरुको सहभागितामा भव्य प्रार्थना हुने संघका केन्द्रीय सदस्य फुर्वा तामाङले जानकारी दिए ।

कार्यक्रमस्थल मेचीनगरको कालीखोलापारी रमाइलोगाउँमा हुनेछ ।

चैत महिनामा वनस्पतीहरुमा आउने नयाँ पालुवाको स्वागत गर्दै जगतकै मुक्ति, मोक्ष र उद्धारको कामना स्वरुप प्रार्थना गर्दै मैत्री दिवस मनाउन लागिएको तामाङले बताए ।

महासम्बोधी धर्मगुरुले तपस्या र साधना सुरु गरेको १८ वर्ष पुगेको अवसरमा हुने मैत्री पूजा तथा प्रार्थनामा २१ जना बोधी महात्माहरुले अनुष्ठान सञ्चालन गर्दै प्रवचन दिने तामाङले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु