adv

पाउ पाथीभरा चैत ८ गतेदेखि भागवत पुराण हुने

४ चैत,मेचीनगर। झापाको मेचीनगर–१३ चारआलीस्थित पाउ पाथीभरा धाममा चैत ८ गतेदेखि १६ गतेसम्म पुराण आयोजना हुने भएको छ । आयोजना हुन लागेको भागवत पुराणको तयारी तीव्र पारिएको छ ।

शुक्रवार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनका बिच पुराणमा पण्डितं शान्तिराम नेपालको प्रमुख वाचन र पण्डित पुण्यप्रसाद रिजालको उपवाचकत्व रहने पुराण मूल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए । कार्यक्रममा विभिन्न १४ वटा समिति गठन गरिएको छ ।

पुराणको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्नुहुने पुराण प्रचार–प्रसार समितिका संयोजक यामनाथ बरालले जानकारी दिए । त्यस्तै झापा क्षेत्र नं. १ का सांसद विश्वप्रकाश शर्मा रहने छन् ।

पुराणमा दानका लागि कसैलाई आग्रह नगरिने स्वेच्छिक दान मात्र संकलन गरिने अध्यक्ष गिरीले बताए । पुराणमा नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत गरी करिब ४० हजार जनाभन्दा बढी भक्तजन आउने अपेक्षा राखिएको छ ।

पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबद्र्धन समिति गठनताका नै धाममा १८ वटा पुराण लगाउने निर्णयानुसार छैठौ पटक भागवत् पुराण आयोजना गर्न लागिएको हो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु