५ चैत, दमक ।
देशैभर जारी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तरगत झापाको दमकबहुमुखी क्याम्पसमा दिउँसो १:३० बजेसम्ममा ४० प्रतिशत मतदान भएकोछ ।
३३ सय ८ जना विद्यार्थी मतदाता रहेको दमक बहुमुखीमा यो समाचार तयार पार्दासम्म १३ सय २० भन्दा बढी मत खसेको हो ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार बिहान ७ बजेबाट जारी मतदानशान्तिपूर्ण तरिकाले भैरहेको छ ।


