५ चैत,मेचीनगर । झापाको मेचीनगरमा आजबाट ‘प्रथम प्यारीभिट्टा महोत्सव’ शुरु भएको छ ।
लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना जगाउँदै युवाहरुलाई समाज परिवर्तनमा सक्रिय बनाउने उद्देष्यका साथ आजदेखी मेचीनगर ७ स्थित नयाँ बसपार्क उत्तर पट्टिको प्लटिङमा महोत्सव सुरू भएको हो ।
आज एक भव्य कार्यक्रमका बिच कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङले महोत्सवको उद्घाटन गरेका थिए।
समाजमा जरा गाडेर विद्यामान अवस्थालाई विकराल बनाइरहेको लागुऔषध जस्तो विकृतिलाई युवाहरुबाट छुटाउन महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
‘महोत्सवमा जुवा तास, डाइस, लकि सेभेन जस्ता सबै खेल निषेध गरिएको छ, लागुऔषध विरुद्ध सचेतना जगाउने विभिन्न संघ संस्थासगँ समन्वय गरेर महोत्सवलाई ज्ञान बाँड्ने ठाउँ बनाउने प्रयास गरेका छौँ ।’ आयोजक प्यारीभिट्टा युवा क्लबका अध्यक्ष मुक्तीनाथ काफ्लेले बताए ।
शुभकामना मन्तव्य राख्दै तामाड्ंले महोत्सव सफलताका लागि आफ्नो तर्फबाट हरपल सहयोग गर्ने प्रतिवद्धता गर्दै मेचीनगर क्षेत्रमै युवाहरुको आयोजनामा यस किसिमको सचेतनामुलक महोत्सव आयोजना भएको भन्दै खुशी व्यक्त गरे।
‘यो समाजलाई गलत दिशातर्फ धकेलिरहेको लागुऔषधलाई हटाउन यस किसिमका महोत्सवले ठुलो सहयोग गर्नेछ ।’ उहाँले भन्नुभयो ‘जुवा तास त निषेध गरिएको रहेछ, महोत्सवमा धुमपान, मद्यपान पनि निषेध गर्न आयोजकलाई आग्रह गर्दछु ।’
कार्यक्रममा मेचीनगर ७ का वडाध्यक्ष प्रह्लादमणी ओली, लागुऔषध नियन्त्रणका लागि सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु लगायतको आतिथ्यता रहेको थियो ।
आजबाट शुरु भएको महोत्सवमा गायिका मेलिना राई,प्रमोद खरेल,शिव परियार,ज्योति मगर,रचना रिमाल,एलिना चौहान आदि राष्ट्रिय स्तर तथा स्थानीय ख्यतिप्राप्त कलाकारहरुले प्रस्तुती रहनेछ