कुटपिटमा संलग्न शिक्षक बर्खास्त
६ चैत, दमक ।
गत शुक्रबार झापाको दमक ३ स्थित अक्सफोर्ड बोर्डिङ स्कूलमा भएकोविद्यार्थीमाथि कुटपिटको घटनामा विद्यालय प्रशासन र सञ्चालक पक्षको हात नभएको विद्यालय पक्षले जनाएको छ ।
कुनै पनि बहानामा कुनै पनि विद्यार्थीमाथि यातना, कुटपिट र गालीगलौज गर्नुनिन्दनीय र दण्डनीय कार्य हो भन्ने विद्यालय प्रशासन र सञ्चालक पक्षको मान्यतारहेको हिजो शनिबार विद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बालमैत्री वातावरणमा पठनपाठन गराउने नीति रहेको भन्दै विद्यालयले विद्यार्थीकुटपिटमा संलग्न शिक्षकलाई बर्खास्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस किसिमका घटना विद्यालयमा दोहोरिन नदिने प्रतिवद्धता सहित विद्यालयलेघटना बारे थप अनुसन्धान जारी राखेको विज्ञप्तिमा जनाइएको छ ।
आरोपित शिक्षकको नाम भने विद्यालयले जारी गरेको विज्ञप्तिमा खुलाइएको छैन।
उसले ग्रामीण क्षेत्रमा रहेर गुणस्तरीय शिक्षाका लागि विद्यालयले गरिरहेकोप्रयासमा साथ दिन अपील गरेको छ ।


