६ चैत, दमक ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की सवार गाडीबाट आन्दोलनकारीलेझण्डा थुतेर फालिदिएका छन ।
आइतबार ओखलढुङ्गा पुगेका मुख्यमन्त्री कार्की आज सोमबार फर्कने क्रममाउनको गाडीमा अवरोध पुर्याई झण्डा फलिएको हो ।
कोशी प्रदेश नामाकरण खारेजीको आन्दोलन चलिरहेका बेला ओखलढुङ्गापुगेका उनलाई पहिचान पक्षधर आन्दोलनकारीले अवरोध गरेका थिए ।
आन्दोलनकारीले मुख्यमन्त्री सवार गाडीमा तोडफोड गर्न खोजेपछि सुरक्षाकर्मीलेआन्दोलनकारीलाई ।केहीबेर नियन्त्रणमा लिएका थिए ।
हिजो प्रदेश राजधानी बिराटनगरमा पहिचान पक्षधर विभिन्न संघसंगठन रराजनीतिक दलहरुले विशाल प्रदर्शन गरेका थिए ।
कार्की आइतबारको आन्दोलन छल्न भागेर ओखलढुङ्गा पुगेकोआन्दोलनकारीले आरोप लगाएका थिए ।
त्यहाँ पुगेर उनले प्रदेशको नाम कोशी रहिसकेको र अब यस बारे कुनै छलफल हुननसक्ने दावी गरेका थिए ।
मुख्यमन्त्री कार्कीको सो भनाई सञ्चार माध्यमहरुबाट बाहिरिएपछि जिल्लावासीथप आक्रोशित भएको र आन्दोलनका क्रममा कार्कीलाई अवरोध गरिएको जसपानेता धिरेन्द्र रुम्दालीले जानकारी दिएका छन ।
उनले पहिचान नामेट पार्ने र पहिचानको विरुद्धमा मतदान गर्ने प्रदेश सभासदस्यहरुलाई बहिस्कार र निषेध गरिने बताएका छन ।



