६ चैत, दमक ।
दमक बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको जारी मत गणना अन्तिम चरणमा पुगेको छ ।
सोमबार साँझ ५ बजेसम्म १९ सय ५१ मत गणना भैसक्दा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल सभापति पदमा अग्गाडि छ भने सचिवपदमा नेविसंघ प्यानलले बाजी मारेको छ ।
कोषाध्यक्षमा अनेरास्ववियू नेतृत्वको प्यानलको जित निश्चित भैसकेको छ ।
सभापतिमा नेविसंघका सोबिम न्यौपाने ८१७ मत पाएर ८३ मतको अग्रतमा छन । उनका प्रतिद्वन्द्वी अखिलका निशेष राईले ७३४ मतपाएका छन । अब १०१ मत मात्रै गन्न बाँकी छ ।
त्यस्तै सचिवमा नेविसंघका दिपक लिम्बू ८२९ मत पाएर १४५ मतको अग्रतासहित विजयी भएका छन । तर अन्तिम मत परिणामघोषणा हुन बाँकी छ । उनका प्रतिद्वन्द्वीरबिन ढकाल ६८४ मत सहित पछि परेका छन ।
कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी उमा राई विजयी बनेकी छन । अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी रहे पनि २२९ मतकोअग्रता राईले पाएसँगै उनको पनि जित सुनिश्चित भैसकेको छ । राईले ८६४ मत पाउँदा उनका प्रतिद्वन्द्वी रबिन राईले ६३४ मत पाएकाछन ।
खुला सदस्य तर्फ दुवै प्यानलका ४/४ जना अगाडि छन ।
नेविसंघ प्यानलबाट सायन राई, सबिन गौतम, रबिना प्रसाई र हिमांसु जयसवाल अगाडि छन ।
त्यस्तै, अनेरास्ववियू प्यानलका संजय राई, अनिस राई, भिष्महाङ सम्बाम्फे, राकेश खड्का अगाडि छन ।
यसैबीच समानुपातिक तर्फको समेत मत गणना सुरु भएको बताइएको छ ।
दमक बहुमुखी क्याम्पसमा ३३ सय ८ मतदाता रहेकामा २ हजार ५२ मत खसेको थियो ।


