१९ चैत, दमक ।
संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्रप्रेस भएको निष्कर्ष निकालिएको छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट पत्रकारहरुको संगठन प्रेस मञ्चनेपालले आयोजना गरेको एक अन्तरकृयाका वक्ताहरुले यस्तो धारणा राखेकाहुन ।
शुक्रबार प्रेस मञ्च नेपालले मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजनागरेको ‘संघीयता, समाजवाद र पत्रकारिता विषयक अन्तरकृया कार्यक्रम‘ कावक्ताले सञ्चार माध्यम र सञ्चारकर्मी सचेत भएमा मात्रै देश र मधेशले प्राप्तगरेका उपलव्धिहरुको रक्षा गर्न सकिने बताएका थिए ।
संघीयतामाथि प्रहार भैरहेको र यसलाई समाप्त पार्ने खेल देशैभर विभिन्नबहानामा चलिरहेको भए पनि त्यो असम्भव हुने कार्यक्रमका वक्ताहरुको भनाइथियो ।
मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुरिता साह, प्रदेश सभाकासदस्य एवम जसपा संसदीय दलका मुख्य सचेतक रामाशिष यादव, मधेश प्रदेशमुख्य मन्त्रीका प्रेस सल्लाहकार एवम वरिष्ठ पत्रकार सीताराम अग्रहरीलगायतवक्ताले संघीय समाजवादको कार्यभार पूरा गर्न राज्य, दलहरु र नागरिकस्तरबाटसहयोग र आपसी समन्वय हुनुपर्ने जिकिर गरे ।
जसपा संघीय परिषद सदस्य प्रेमचन्द्र झाले नेपालमा मधेश विद्रोहका माध्यमबाटसंघीयता स्थापित गर्ने जसपा र यसको नेतृत्व गर्ने जसपा अध्यक्ष उपेन्द्रयादवमाथि ढोंगी र नक्कली संघीयतावादीहरुले अनर्गल प्रचार गरेको भन्दै प्रेसमञ्च नेपाल र सम्पूर्ण पहिचान र संघीयता पक्षधरहरुले यस्ता ढोंगीहरुकोप्रतिवाद गर्नुपर्ने बताएका थिए ।
आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव र मिडिया काउन्सिलमधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासले मधेशमा सञ्चार माध्यम र पत्रकारहरुको वृत्ति विकससँग सम्बन्धित कार्यका लागि प्रभावकारी ऐन निर्माण र कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
उनीहरुले सरकारले सञ्चार क्षेत्रलाई उच्च प्राथमिकता दिएर पर्याप्त बजेट उपलव्ध गराउनेमा आफूहरु आशावादी रहेको धारणा राखेका थिए ।
कार्यक्रममा प्रेस मञ्च नेपालका पूर्व उपाध्यक्ष आतिष मिश्राले प्रेस मञ्च नेपाल र जसपा नेतृत्वको सरकारबीच मजबुद सहकार्य भएमा मधेश प्रदेश र यसको प्रभावकरिताबारे जनतालाई बुझाउन सहज हुने धारणा राखेका थिए ।
प्रेस मञ्च नेपालका अध्यक्ष कमन देवानको अध्यक्षतमा सम्पन्न कार्यक्रममामहासचिव अवधेश झाको सञ्चालन, उपमहासचिव देबेन्द्र खापुङले स्वागतगएका थिए भने उपाध्यक्ष मनोज यादवले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेकाथिए ।



