२० चैत, दमक ।

मोरङको पथरीस्थित सिएम कन्दङ्वा स्मृति कोषले यस वर्ष ३ जना प्रतिभाहरुलाईविभिन्न सम्मानले सम्मानित गर्ने भएको छ ।
कोषले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार प्राद्यापक डाक्टरगोबिन्दराज भट्टराईलाई सिएम कन्दङ्वा विशिष्ट राष्टृय प्रतिभा सम्मान प्रदानगरिने छ ।
भट्टराई अनुवाद साहित्य र उत्तर आधुनिक चिन्तनका लागि ख्याति कमाएकाप्रतिभा हुन ।
त्यस्तै सिएम कन्दङ्वा युवा राष्टृय प्रतिभा सम्मान यस वर्ष संगीतकार एवम संगीतप्रशिक्षक अनिल फागोलाई प्रदान गर्न लागिएको कोषले जनाएको छ ।
फागो विगत करिब डेढ दशकदेखि झापाको दमकमा सुरभी कलाकेन्द्र सञ्चालगरेर संगीत प्रशिक्षण दिँदै र गीत संगीतको क्षेत्रमा काम गर्दै आएका छन ।
त्यस्तै कोषले यस वर्षदेखि प्रदान गर्न लागेको शुसिला कन्दङ्वा पत्रकारिता राष्टृयसम्मान भने पथरीमै रहेर बिगत २ दशकदेखि पत्रकारितामा योगदान गर्दै आएकापत्रकार अर्जुन जम्नेली राईलाई प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
राई पत्रकारिताका अतिरिक्त पहिचान र अधिकार प्राप्तिको अभियानमा समेतलागि परेका युवा हुन ।
कोषले जनाए अनुसार तीनै जना प्रतिभालाई यहि चैत २९ गते एक समारोहकाबीच एभरेष्ट अंग्रेजी आवासीय माविको सभाहलमा सम्मान प्रदान गरिने छ ।
पूर्वका राजनीतिक चिन्तक, साहित्य र शिक्षाका क्षेत्रमा योगदान गरेका व्यक्तित्वस्वर्गीय सिएम कन्दङ्वाको नाममा सिएम कन्दङ्वा स्मृति कोष एभरेष्ट माविलेसञ्चालन गरेको हो ।


