२१ चैत, दमक ।
जनता समाजवादी पार्टी (जसपा)का सप्तरी जिल्ला अध्यक्ष केदार यादवलाई आफ्नै कार्यकक्षमा कुट्पिट र हतकडी लगाउने जिल्लाप्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक नवीन थापा हिरासतमा परेका छन् ।
थापामाथि जसपा सप्तरी अध्यक्ष यादवलाई कुटपिट गरि घाइते बनाएको आरोप छ । उनलाई प्रहरी हिरासतमा लिइएको जिप्रकासप्तरीका निमित्त प्रमुख प्रहरी उपरीक्षक नरेश सिंहले पुष्टि गरेका हुन ।
प्रहरी कार्यालयमा एउटा घटना बारे बुझ्न जादा प्रहरी निरीक्षक थापाले यादवलाई मरनासन हुने गरि कुटपिट गरेको भन्दै दिउँसोजसपा कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय अगाडि नै टायर बालेर प्रदर्शन गरेका थिए ।
आक्रोशित कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुङ्गा समेत प्रहार गरेका थिए ।
उनीहरुले कुटपिटमा संलग्न प्रहरी निरीक्षक थापालाई तत्काल निलम्बन गरेर आवश्यक कार्बाही अगाडि बढाउन माग गरेका थिए ।

जसपा मधेश प्रदेशका मुख्य सचिव दिनेश यादवले जनसरोकारको विषय लिएर प्रहरी कार्यालयमा घटना बारे बुझ्न गएका आफ्नोपार्टीका जिल्ला अध्यक्षमाथि मरणासन्न हुनेगरि कुटपिट भएको भन्दै घटनाप्रति खेद प्रकट गरेका छन् ।
प्रहरीको बर्दीमा जनताको सेवकमाथि प्रहरी कार्यालयभित्रै कुटपिट हुनु गुण्डाराजको प्रदर्शन भएको यादवको आरोप छ ।
यसैबीच घटना बारे जानकारी पाए लगत्तै सत्यतथ्य बुझ्न र सूचना संकलन गएका प्रत्रकारहरुलाई प्रहरी कार्यालयभित्र जान रोकलगाइएको नेपाल पत्रकार महासंघ सप्तरी शाखाले जनाएको छ ।
महासंघ सप्तरी शाखा उपाध्यक्ष बैद्यनाथ यादव सहितको पत्रकार टोलीलाई गेटमा खटिएका प्रहरीले माथिको आदेश भन्दै रोकेकोमहासंघ सप्तरी शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



