२२ चैत, दमक ।

गत चैत ५ गते तोलाको १ लाख १० हजार रूपैयाँमा कारोबार भएको सुनको भाउ आज बुधबार नयाँ कीर्तिमानीका साथ आकासिएको छ ।
नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्ड भन्दा १ हजार रुपैयाँले बढी हो ।
केही दिनयता लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

