adv

संसद र देशलाई उपेन्द्र यादवको खाँचो छ : नेकपा एस अध्यक्ष नेपाल

२३ चैत, जनकपुर ।

बारा लाई मात्रै नभएर सिङ्गो देशलाई नै उपेन्द्र यादवको नेतृत्व आवश्यक रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्

देशलाई संसदलाई चाहिएको नेतालाई अत्यधिक मत दिएर विजयी गराई पठाउन बारा का मतदातासँग आग्रह गर्दै एसका अध्यक्ष नेपालले जसपा अध्यक्ष उपेन्द्र यादवको जित निश्चित भएको बताएका हुन

नेपाली राजनीतिक परिवर्तनका लागि महत्त्वपूर्ण मानिएको संघीय लोकतान्तृक गणतन्त्रका लागि मधेश विद्रोहको स्थान उच्च रहनेभन्दै नेपालले मधेश विद्रोह पहिचान, संघीयता आन्दोलनलाई संस्थागत गर्न र परिवर्तन सहितको एजेण्डाले देश र प्रदेशहरुको समयानुकूल विकास गर्न जसपा अध्यक्ष यादवको उपस्थिति संसदमा अपरिहार्य रहेको जिकिर गरे

बारा मा सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहोल बनाउन नेपाल हिजो बुधबार बाराको गौर आएका थिए

बारा को चुनावी मैदानमा रहेका यादवलाई भेटेपछि नेपालले गठबन्धनको जित सुनिश्चित रहेको दावीसमेत गरे

गठबन्धनका दलहरूलाई एकमत भएर आफ्ना उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्दै अध्यक्ष नेपालले भने – ‘हल्ला गर्नेका पछिलाग्ने होइन, जनताको लागि लड्ने अधिकर दिलाउने नेतालाई विजयी गराउनुपर्छ

अध्यक्ष नेपालले बुधबार नै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवसँग पनि भेट गरेका थिए भेटका क्रममा मधेश सरकारका गतिविधि बारे छलफल भएको बताइएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु