adv

याक्खा छुम्मा धनकुटाको अध्यक्षमा तुम्बा

२३ चैत,  धनकुटा

नरबहादुर तुम्बा नरेनलाई अध्यक्षमा चयन गर्दै किरात याक्खा छुम्मा धनकुटाको चौंथो जिल्ला अधिवेसन बुधबार धनकुटामा सम्पन्नभएको 

तुम्बाको अध्यक्षतामा गठित ११ सदस्यीय जिल्ला समिति उपाध्यक्षमा जोगमाया लुम्बा, सचिव बुद्धिवहादुर याक्खा, सहसचिवअशोक कुमार याक्खा कोषाध्यक्ष पशुपति याक्खा चयन भए

त्यस्तै सदस्यहरुमा चुर्ण प्रसाद याक्खा, विमल याक्खा, सञ्चा याक्खा, रोशन जिमी, जय नारायण याक्खा शान्ति याक्खा छन

त्यस्तै सल्लाहकार समितिमा अञ्जना ताम्ली, डम्बर रोगु, नगेन्द्र देवान, रत्न जिमी, जितमान जिमी, रुद्र तुम्बा, विगेन्द्र याक्खा, छत्र याक्खा  डा. मगना खाम्याहाङ्ग याक्खा छन

अधिवेसनमा धनकुटा अस्पतालमा अन्तरगत डेन्टल विभागमा कार्यरत डेन्टल सर्जन डा. मगना खाम्याहाङ्ग याक्खा स्थायी शिक्षक सेवामा नियुक्त भएका सञ्चा याक्खालाई दोसल्ला तथा सम्मान पत्रबाट सम्मान गरिएको थियो

संविधान सभा सदस्य एवम् किरात याक्खा छुम्मा केन्द्रीय उपाध्यक्ष अञ्जना ताम्लीले उद्धघाटन गरेको सो अधिवेशनमा छुम्मा केन्द्रीय सदस्य सदस्य डम्बर रोगु ,  छुम्मा जिल्ला समिति धनकुटाका सल्लाहकार एवम् छथर जोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी , छत्र याक्खा , डा. मगना खाम्याहाङ्ग याक्खाले शुभकामना व्यक्त गरेका थिए

नगेन्द्र देवानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष जोगमाया लुम्बाले गरेकी थिइन भने अधिवेसनमा सहभागीलाई सल्लाहकार रत्न जिमीले स्वागत गरेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु