adv

चुनावी घरदैलोमा व्यस्त जसपा अध्यक्ष यादव

भन्छन : जसपाप्रतिको जनताको विश्वास नै जितको आधार    

२४ चैत, जनकपुरधाम ।


जनता
समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले चुनावी प्रचार कार्यलाई व्यापकता दिएका छन केही दिन यताअध्यक्ष यादव उपनिर्वाचनको प्रचारमा व्यस्त छन    

आउँदो बैशाख १० मा हुने बारा को उपनिर्वाचन केन्दृत रहेर जसपाले आक्रमक चुनावी प्रचार सुरु गरेको हो

दैनिक चुनावी भेटघाटदेखि मतदाताका घरदैलोमा पुगिरहेका यादवको पक्षमा माहोल बन्दै गएको जसपाका नेताहरुको दावी    

भड्किलो चुनावी सभा भन्दा सानो समूहमा मतदातासँग भेटेर उनीहरुको समस्या सुन्ने मत माग्ने कार्यलाई तीव्रता दिइएको हो

चलिरहेको चुनावी अभियान बारे बारा उपनिर्वाचनका उम्मेद्वार समेत रहेका जसपा अध्यक्ष यादव भन्छन -‘बिगतमा जनताकोअधिकारका लागि हामीले लड्यौं जनताले त्यसलाई भूल्नु भएको छैन जसपाप्रतिको जनताको विश्वास अझै बढेको पाएँ यो नैमैले चुनाव जित्ने बलियो आधार हो

जसपा कमजोर हुँदा मधेशको समग्र देशका उत्पीडितहरुको मुद्दा कमजोर हुन्छ त्यसैले हामी बारा बाट उपेन्द्र यादवलाईजिताएर पठाउँछौं उहाँले नागरिकतालगायत मधेश मधेशीले भोगिरहेका समस्या बारे सदनमार्फत सिङ्गो देशलाई बताउनुहुने ‘,  गढीमाईका पञ्चेस्वर मेहेताले भने

बारा मा कोहल्वी नगरपालिकाको वडा नं सहित महागढीमाई, पचरौता नगरपालिका, सुवर्ण, देवताल करैयामाई गाँउपालिकापर्दछ

गत मंसिरको आम चुनावमा दलहरुले प्राप्त गरेको हाल चुनावी गठबन्धन फेरबदल भएको घटनासमेतलाई विश्लेषण गर्दा बारा मा जसपा अध्यक्ष उपेन्द्र यादवले जित्ने स्पष्ट आधार तयार भैसकेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतको भनाइ छ ।

जनमत पार्टीलाई धक्का

यसैबीच बारा   मा सिके राउत नेतृत्वको जनमत पार्टीलाई धक्का लागेको    

चुनावको मुखैमा सो पार्टीका प्रभावशाली नेता सुशील यादव केन्द्रीय सदस्य उमरावती यादव बिहीबार  जसपा प्रवेश गरेका छन

संघीयता, पहिचान स्थापनासँगै मधेश समग्र देशमा उत्पीडित समुदाय, लिङ्ग, वर्ग क्षेत्रको समस्या समाधान गर्न जसपा अध्यक्षउपेन्द्र यादवको नेतृत्व संसदमा उनको उपस्थिति आजको आवश्यकता भएको भन्दै जनमतका दुई प्रभाशाली नेताले जनमत छोडेरजसपा प्रवेश गरेका हुन

जसपा प्रवेश गरेपछि उनीहरुले एकै श्वरमा भनेका छन -‘राजनीतिक गन्तव्य सही नेतृत्व विचारबाट मात्रै सम्भव हुने बुझेर नै जसपाप्रवेश गरेका हौं अध्यक्षज्यू (उपेन्द्र यादव) लाई बारा ले विजयी गराउँछौं

अध्यक्ष यादवले दुवै जनालाई खादा लगाएर पार्टीमा स्वागत गरेका छन भने उनीहरुले यादवलाई जितको शुभकामना व्यक्त गर्दैसुखद परिणाम प्राप्त हुनेमा विश्वस्त हुन भनेका छन

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु