सजन राई ,२६ चैत, बिराटनगर ।नेकपा माओवादी केन्द्र सम्बद्ध आदिवासी/जनजाति संयुक्त मोर्चा नेपालले प्रदेश-१ को राजधानी विराटनगरमा भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
तीनपैनेस्थित प्रदेश कार्यलयमा आयोजित कार्यक्रम कोशी प्रदेश नामकरण सम्बन्धी रहेको थियो ।
कोशी प्रदेश नामकरण सँगै प्रदेश भित्र आन्दोलन सुरु भएपछि सो विरुद्ध नेकपा माओवादि केन्द्रीय समितिले विज्ञप्ति निकालेको थियो । यस सँगै आदिवासी/जनजाति संयुक्त मोर्चाले प्रशिक्षण सुरु गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि पार्टी महासचिव देव गुरुङले कोशी नामकरण सम्बन्धी केन्द्रको धारणा स्पष्ट पार्दै माओवादी सदा पहिचानको पक्षमा रहेको दाबि गरे ।
विभिन्न मोर्चाको तर्फबाट राखिएको सुझाव तथा गुनासोहरुको उत्तर दिदै प्रदेश-१ बाट गल्ति भएको र अब यस्तो गल्ती नदोहोर्याउने जिकिर गरे ।

आदिवासी/जनजाति संयुक्त मोर्चाका संयोजक प्रेम मिभकको अध्यक्षतामा सञ्चालित कार्यक्रममा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको तर्फबाट उद्धव लङवा, किरात राष्ट्रिय मुक्ति मोर्चाको तर्फबाट राकेश राई, त्यसैगरि धिमाल मुक्ति मोर्चाबाट प्रकाश धिमाल, शेर्पा मुक्ति मोर्चाका पवन शेर्पा, थारुबाट खगेन्द्र थारु, मधेशबाट राजेन्द्र मण्डल, कोचिलाबाट पुकार राजवंशी, दालितबाट गोपाल नेपाली, तामाङबाट शंकर तामाङ, नेवाबाट केशर प्रधान, उराउबाट राम लखन उराउले मन्तव्य राखेका थिए ।
त्यसैगरि वाईसिएल प्रदेश कमिटी सदस्य युवराज राई, उदयपुर जिल्ला सदस्य गंगा राई, धरान नगर सचिवालय सदस्य चेतना सेरिङ, पार्टि प्रदेश-१ कमिटि अध्यक्ष हर्क नेम्बाङ, आदिवासी/जनजाति संयुक्त मोर्चा प्रदेश-१ इन्चार्ज दुर्गा राई, सुरेश कुमार राई आदिवासी/जनजाति संयुक्त मोर्चा केन्द्रिय संयोजक सुरेश मगर लगायतले बोलेका थिए ।
भेला बाट ६ बुदे विज्ञप्ति निकालि हर्क लावतिले बाचन गरेका थिए

