४ बैशाख, जनकपुरधाम ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्तृक गणतन्त्र समाप्त पार्न दुई दुई पटक संसदविखटन गर्ने नेकपा एमाले र मधेशलाई नेपालबाट विखण्डनको गर्नुपर्छ भन्ने सिके राउत र जनमत पार्टी देश र जनताका निम्ति खतराभएको आरोप लगाएका छन् ।
बाराको निर्वाचन क्षेत्र २ बाट उपनिर्वाचन लड्दैगरेका अध्यक्ष यादवले भने– ‘आफ्नो स्वार्थका लागि राष्ट्रपति पदको दुरुपयोग गरीएमालेले दुई पटक संसद विघटन गर्यो, अहिले पनि जनमत पार्टीको आन्तरिक एजेन्डा मधेश विखण्डन नै छ, यी दुवै दल लोकतन्त्र रसिंगो मुलुकका लागि घातक छन् ।‘
हिजो एमालेको इशारामा राष्ट्रपति विद्यादेवी भण्डारीले सदनले पारित गरेको नागरिकता विधेयक रोकेर मधेसी युवामाथि अन्यायगरेको र अवसरबाट बञ्चित गराएको यादवको जिकिर थियो ।
बारा जिल्ला ऐतिहासिक जिल्ला रहेको भन्दै उनले अब आफ्नो विजयसँगै बाराको भाग्य भविष्य बदलिने दावी गरे ।
सत्ता गठबन्धन दलहरुको समन्वयबाट मात्रै मुलुकको वर्तमान संकट समाधान हुने र पहिचान, अधिकारसहित सुशासन स्थापित गर्नसकिने दावी गर्दै यादवले बारावासी जनताले विकास र परिवर्तनका निम्ति आफूलाई मतदान गर्ने विश्वास व्यक्त गरे ।
मधेशी जनताले बलिदानी दिएर प्राप्त गरेको अधिकार छिन्न र लोकतन्त्रलाई कम्जोर पार्न आयातित समूहले विदेशी इशारामा जसपा रसंघीयताको मुद्दालाई प्रहार केन्दृत गरेको अध्यक्ष यादवको भनाइ थियो ।
आफू निरन्तर बारा २ का जनतासँग अन्तरकृयामा रहेको भन्दै यादवले बाराको समग्र विकास नै आफ्नो मूल धेय रहेको दोहोर्याए ।



