adv

सिके राउत बाह्य शक्तिकेन्द्रबाट परिचालित : उपेन्द्र यादव

४ बैशाख, बारा ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको चरित्र आपराधिक प्रवित्तिको भएको र उनी देश बाहिरको शक्तिकेन्द्रबाट परिचालित भएको आरोप लगाएका छन् ।

बारा २ को प्रतिनिधि सभा सदस्यका सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका यादवले जनमत पार्टीका अध्यक्ष राउत बाह्य शक्तिकेन्द्रबाट परिचालित पात्र भएको आरोप लगाएका हुन् ।

सोमबार बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ मा चुनावी घरदैलोका क्रममा सन्चारकर्मीसंग कुरा गर्दै यादवले भने -‘सीके राउत को हुन ? कहाँबाट परिचालित छन् ? के का लागि परिचालित छन् ? भन्ने कुरा रहस्यमयी छ, यस बारे धेरै कुरा खोज्नुपर्छ र बिस्तारै खुल्दैछ ।’

देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई खण्डित गर्ने राष्ट्रघाती र देशद्रोही बनेर राउतले राजनीतिक यात्रा शुरु गरेको स्मरण गराउदै यादवले अहिले पनि राउतको बोली र व्यवहार दुवै राष्ट्रघाती, देशद्रोही र आपराधिक चरित्रको नै भएको टिप्पणी गरे ।

मधेसलाई नेपालबाट टुक्राउने नारा छाडेर मूलधारको राजनीतिमा सिके राउत आइसकेका छन् नि त भन्ने सञ्प्श्मसञ्चारकर्मीको प्रश्नमा यादवले भने -‘सीके राउत अहिले पनि राष्ट्रघाती र देशद्रोही नै हुन्, किनकि उनको व्यवहार र गतिविधि अहिले पनि हिजोको राष्ट्रघाती जस्तै छ ।’

राजनीतिक एजेंडाबिहीन राउतले सिद्धान्तहीन, विचारहीन, आदर्शहीन र चरित्रहीन तथा आपराधिक मनोवृति भएकाहरुले मधेसमा जातीवादको विष घोलेर समाजलाई कमजोर बनाएर फेरि मधेसीलाई गुलाम बनाउने षडयन्त्रमा लागेको अध्यक्ष यादवको आरोप छ ।

बारा २ मा उपेन्द्र यादव बाहिरिया उम्मेदवार हुन् भन्ने आरोपको खण्डन गर्दै यादवले ‘आफनै देशको नागरिक आफनै देशमा बाहिरिया हुन्छ कि अमेरिकी नागरिक (सिके राउत) ले लिएर आएको भाड़ाको उम्मेदवार बाहिरिया हुन्छ ? यसको जवाफ बैशाख १० मा बारा २ का जनताले दिनेछन्’, यादवले प्रतिप्रश्न गरे ।

बारा २ को जनताले देखाएको समर्थन र मायाले आफनो जीत सुनिश्चित भइसकेको दाबी गर्दै यादवले फराकिलो मतान्तरसहित विजयी हुन निरन्तर जनताको घरदैलोमा पुगिरहेको र जनताका समस्या बारे अन्तरकृया गरिरहेको जिकिर गरे ।

दलित र उत्पीड़ित समुदायले पाएका अधिकार मधेश विद्रोहकै उपलव्धि भएको दावी गर्दै यादवले भने – ‘दलित समुदायले अझै धेरै अधिकार पाउन बाँकी छ। शिक्षा, स्वास्थ्य, रोजगार र आवास दलितका मुख्य आवश्यकता हुन्, यसलाइ राज्यले सम्बोधन गर्नैपर्छ ।’

सोमबारको घरदैलो कार्यक्रममा यादवसंगै नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री उमाकान्त चौधरी ,केन्द्रीय सदस्य अजय चौरासिया, जिल्ला सभापति राजेशराय यादव, महागढी नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव लगायतका नेताको  सहभागिता थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु