adv

माङसेबुङमा वडास्तरीय फुटबल र बुद्धिचाल प्रतियोगिता हुने

सरिता राई, ५ बैशाख, माङसेबुङ । माङसेबुङ युवा तथा खेलकुद समितिको आयोजनामा  वैशाख ७ देखि १३ गतेसम्म माङसेबुङव्यापी वडास्तरीय पुरुष तथा महिला फुटबल र बुद्धिचाल (चेस) प्रतियोगिता आयोजना गर्ने भएको छ ।

‘माङसेबुङ युवा तथा खेलकुद समितिको अभियान, स्थानीय खेलाडीको उत्पादन र प्रोत्साहन’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

माङसेबुङ २ स्थित माङमालुङ (डोलटार) खेलमैदानमा सम्पन्न गरिने प्रतियोगितामा माङसेबुङका ६ वटा वडाहरुबाट ८/८ टिम फुटबल र ३२ जना बुद्धिचाल खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगितामा फुटबलतर्फका सहभागी टिमले प्रति टिम फेयर गेम बापत र७ हजार रूपैँया पाउनेछन् भने प्रथम पुरुस्कार नगद ३० हजार, द्वित्तीय पुरस्कार २० हजार सहित ट्रफी तथा मेडल र प्रमाणपत्र पाउनेछन् ।

बेस्ट प्लेयर, बेस्ट किपिङ लगायतका अन्य विधाहरुमा समेत उचित पुरस्कारको व्यवस्था रहेको माङसेबुङ युवा तथा खेलकुद समितिका सचिव दिवस साँवाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

त्यस्तै  बुद्धिचाल (चेस) खेलमा पालिकाभरिका ३२ जना सहभागी रहनेछन् ।

प्रथम हुनेले नगद १० हजार, दोस्रो हुनेले  ५ हजार र तेस्रो हुनेले २ हजार नगद पुरस्कार पाउनेछन् । साथमा ट्रफी तथा मेडल र प्रमाणपत्र वितरण गरिनेछ ।

दुवै प्रतियोगितामा सहभागी टिम तथा खेलाडीहरु वडा कार्यालय र वडाका वडास्तरीय युवा तथा खेलकुद समितिले छनोट गरि सहभागी गराउने बताइएको छ ।

छनोट प्रक्रिया समेत सम्पन्न भएको खेलकुद विकास समितिका अध्यक्ष अतित योङ्हाङले जानकारी दिए ।

योङहाङका अनुसार फुटबलतर्फ गाउँपालिकास्तरीय पुरुष तथा महिला खेलाडी समेत प्रतियोगितामार्फत छनोट गरिनेछ । पालिका स्तरमा छनोट भएका खेलाडीले गाउँपालिमा सञ्चालित पालिकास्तरीय प्रतियोगिता र अन्तरपालिकाहरुमा सञ्चालन हुने खेलकुद प्रतियोगितामा खेल खेल्न पाउनेछन् ।

बुद्धिचाल प्रतियोगितामा समेत गाउँपालिकास्तरीय चेस खेलाडी छनोट हुनेछन् ।

त्यस्तै प्रतियोगिता सम्पन्न पश्चात् माङसेबुङ गाउँपालिकास्तरीय बुद्धिचाल संघ गठन गरिनेछ । गठन हुने संघले आगामी दिनमा बुद्धिचाल खेलसम्बन्धि काम गर्ने बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु