adv

पदम लिम्बू लाजेहाङको अन्त्यष्टि बैशाख ९ गते हुने

थप आन्दोलनका कार्यक्रम घोषणा

६ बैशाख, दमक ।

प्रदेश नं. पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति) ले पहिचान प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गरेका ४२वर्षीय पदम लिम्बू लाजेहाङको शव अन्त्यष्टि गर्ने तयारी गरेको

मंगलबार बसेको संयुक्त सङ्घर्ष समितिको भर्चुअल बैठकले सहिद लिम्बूको परिवारजनसँग सवन्वय गरी उनको पार्थिव शरीरलाईबैशाख गते १० लिम्बुवान १७ थुमको परम्परा अनुसार अन्तिम श्रद्धान्जलि अर्पण सहित मोरङको बेलबारीमा अन्त्यष्टि गर्नलागिएको हो

उनको शव यात्रा बैशाख गते विहान १० बजे धरानमा श्रद्धाञ्जली अर्पण गरेर सुरुवात गरी ११ बजे इटहरीमा श्रञ्द्धाञ्जली अर्पण गर्ने १२:३० बजे विराटनगर रोडशेष चोकमा श्रद्धाञ्जली सभा गरेर प्रदेश सभा परिक्रमा गराउँदै :३० बजे सहिद लाजेहाङको घरबेलबारी पुर्याउने बजे शवको अन्तिम संस्कार गर्ने संघर्ष समितिले जनाएको छ।

बैठकपछि जारी बिज्ञप्तिमा बैशाख १० गते इटहरीमा  वैशाख ११ गतेदेखि विराटनगर केन्द्रित शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने समेतनिर्णय भएको

नेपालको सङ्घीयता कार्यान्वयन पछि प्रदेश नम्बर को नामाकरण पहिचानका आधारमा हुनुपर्ने माग सहित आन्दोलन जनप्रदर्शनगर्ने क्रममा लिम्बूलाई गत चैत गते बिराटनगरमा प्रहरीको लाठीले टाउकोमा लाग्दा उनी गम्भीर घाइँते भएका थिए

लिम्बूको धरानस्थित विपी कोइराला स्मृति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सघन उपचारका क्रममा चैत १० गते निधन भएको थियो

उनलाई नेपाल सरकारले सहिद घोषणा गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति वापत १० लाख रूपैयाँ उपलव्ध गराउने निर्णय भैसकेको

यसैबीच, प्रदेश नम्बर को नामाकरण प्रदेश सभाले गत फागुन १७ गते बहुमतको आधारका कोशी प्रदेश राख्ने निर्णय गरेपछिपहिचान पक्षधर संघसंस्था राजनीतिक दलहरु निरन्तर कोशी नाम खारेज पहिचानको आधारमा पुन: नामाकरण गराउन दवावदिने भन्दै आन्दोलनमा छन्

आन्दोलनकारीहरुले प्रदेश राजधानी बिराटनगर केन्दृत जन प्रदर्शन जारी राखेका छन् सो क्रममा थुप्रै पटक आन्दोलनकारी प्रहरीबीच झडप हुनुका साथै आन्दोलन साम्य पार्न भन्दै प्रहरीले दर्जनौं अश्रु ग्यास, गोली प्रहार पानीको फोहराले प्रहार गर्दै आएको

त्यस्तै जिल्ला पालिकास्तरमा गठित संयुक्त संघर्ष समितिहरुले पालिका वडा कार्यालयहरु तालाबन्दी गर्ने, कोणसभा राँकेजुलुश गर्ने, चक्काजाम, कोशी प्रदेश लेखेको होडिङ बोर्ड मेट्ने, छाप जलाउने जस्ता विरोध कार्यलाई निरन्तरता दिएका छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु