
दमक । विश्वभर बसोबास गर्ने फियाक थरको बंशावलीको पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । लिम्बु फियाक सयङ संङजुम्भो समतिका अध्यक्ष नरेन्द्र कुमार फियाकको अध्यक्षतामा भएको कार्यक्रममा बंशावली पुस्तक बिमोचन भएको हो ।
फियाक बंशावली चौथो महाधिवेशन तथा दोस्रो संस्करण पुस्तक बिमोचन समारोहमा सम्मान कार्यक्रम समेत भएको थियो । किराँत याक्थुङ चुम्लुङ्गका केन्द्रिय सदस्य अमृत योङहाङ्गको प्रमुख आथित्यतामा भएको कार्यक्रममा भुटान, भारत, नेपालमा बसोबास गर्ने लिम्बु जाति भित्रको फियाक थरका परिवारका प्रतिनिधिहरुको उपस्थिति थियो ।

शनिवार झापाको पर्यटकीय क्षेत्र दोमुखामा भएको कार्यक्रममा फिसाक सयङ बंशावलीक दोस्रो संस्करण विमोचन गरिएको छ । पुस्तकमा फियाक थरको पविारहरुको विवरण समेत राखिएको हो ।
कार्यक्रममा जनप्रनिधिमा निर्वाचिन, निजामति तथा सरकारी संस्थानमा कार्यरत अधिकृत, विश्वविद्यालय, माध्यमिक र उच्च माध्यमिकका प्राचार्य, संघसंस्था तथा सामाजिक कार्यमा कार्यरत, सैनिक र प्रहरीमा कार्यरत अधिकृत, सांगितिक क्षेत्रमा काम गर्ने संगितकर्मी र वंसावली खोज अनुसन्धानमा आर्थिक सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा फियाक बंसहरुको सुख शान्तिका लागि गालि श्राप बहन्ति पुजाको आयोजना समेत भइएको थियो । कार्यसमिति सदस्य नारायण ध्वज फियाकले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव भूमिका फियाकले गरेकी थिइन् ।

