adv

एकदिवसीय दनुवार महोत्सव हुँदै

१३ बैशाख, मेचीनगर

अल्पसंख्यक दनुवार समुदायको जातीय सांस्कृतिक पहिचान प्रवर्द्धनका लागि प्रथम दनुवार जाति जागरण कला तथा सांस्कृतिकमहोत्सवको आयोजना गरिने भएको

दनुवार जागरण समिति मेचीनगरले आज बुधबार धुलाबारीमा पत्रकार सम्मेलन आयोजना गरेर वैशाख १६ गते धुलाबारीको पुरानोपशुहाटमा एक दिवसीय महोत्सव आयोजना हुने बारे जानकारी दिएको हो

महोत्सवमा दनुवारहरुको जातीय पहिरन, कला, संस्कृति, भेषभुषा, खाना, गहनाको प्रदर्शनी गरिने सोही अवसरमा ज्येष्ठ नागरिकसम्मान कार्यक्रम समेत आयोजना गरिने दनुवार जागरण समिति झापाका अध्यक्ष श्याम दनुवारले जानकारी दिए

दनुवार जागरण समितिका केन्द्रीय अध्यक्ष रामकुमार सिंह दनुवारले उद्घाटन गर्ने सो महोत्सवमा जिल्लाभरबाट सय भन्दा बढीसंख्यामा दनुवार समुदायको सहभागिता रहने अयोजकको भनाइ

समितिकी केन्द्रीय सल्लाहकार अग्नीमाया मेचे दनुवारले महोत्सवमा लाख ८० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताइन्

महोत्सव सम्पन्न गर्न स्थानीय सरकारसँग आवश्यक सहयोग मागिने मेचीनगर अध्यक्ष मोहन दनुवारले जानकारी दिएका छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु