माङसेबुङ : इलामको माङसेबुङ २ फोलटारमा आयोजित वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि माङसेबुङ ३ ले जितेको छ ।
बुधबार डोल खेलमैदानमा भएको फाइनलमा माङसेबुङ ६ लाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै माङसेबुङ ३ ले उपाधि जितेको हो ।
निर्धारित समयमा दुवै टिमबाट १/१ गोल भई बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा विजेता निर्धारण गर्नुपरेको थियो ।
जितसगै माङसेबुङ ३ ले नगद ३० हजार पाएको छ । उता उपविजेता माङसेबुङ ६ ले नगद २० हजार प्राप्त गर्यो ।
यस्तै महिल फुटबल प्रतियोगिताको उपाधि माङसेबुङ ६ ‘ए’ ले जितेको छ । आफ्नै वडाको ‘बी’ लाई पराजित गर्दै उसले उपाधि चुमेको हो ।
७ वैशाखदेखि सञ्चालित प्रतियोगितामा माङसेबुङका ६ वटा वडाबाट ८/८ वटा पुरुष र महिला टिमको सहभागिता थियो ।
यस्तै बुद्धचालको उपाधि माङसेबुङ १ का बलिन्द्र योङहाङले जिते । उनले नगद १० हजार प्राप्त गरे । बुद्धिचालमा ३२ जना सहभागी थिए ।
‘माङसेबुङ युवा तथा खेलकुद समितिको अभियान, स्थानीय खेलाडीको उत्पादन र प्रोत्साहन’ नारासाथ माङसेबुङ गाउँपालिका युवा तथा खेलकुद समितिको आयोजनामा प्रतियोगिता संचालन भएको हो ।

