१४ बैशाख, काठमाडौं ।

फिल्म ‘क्रस रोड्स–कथा तिम्रो र मेरो’को पहिलो गीत ‘आज भोलि तिम्रै कुरा’ को भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा याङ्की योल्मोको स्वर, अभिषेक रमुदमुको शब्द, संगीत तथा रेकर्ड छ ।
गीतमा फिल्मकी प्रमुख अभिनेत्री रिस्मा गुरुङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियालगायतको अभिनय छ ।
गीतको दृश्यमा सिक्किमको लाचुङ, कोलकाता र मिरिकका रमणीय दृश्यहरु देख्न सकिन्छ ।
भारतको दार्जिलिङ, सिक्किम र कोलकातामा छायांकन गरिएको फिल्ममा अर्विन्द राज गुरुङको निर्देशन छ ।
जिग्मी लामा र नेवाल लामाको प्रोडक्सन कम्पनी अञ्जिग प्रोडक्सन, अरविन्द राज प्रोडक्सन, गोल्डन हावर फिल्म्स र निरेम प्रोडक्स कुवेतको संयुक्त व्यानरमा निर्मित फिल्ममा रिस्मा, गौरवसँगै याङ्की योल्मा, रिकजंग दोर्जे, बुद्धि तामाङ, अम्बिका थापा, शशीकला प्रधान, पवन सुब्बा र एमडी सनीको अभिनय छ ।
अर्विन्द, निकी गोले, चञ्चल थापा र विवेक लामाको कथा रहेको फिल्ममा रुपेनको सम्पादन रहेको छ भने चञ्चल थापाले फिल्म खिच्ने काम गरेका छन् ।

