बैशाख १५, दमक ।
क्यान्सर घातक रोग प्रमाणित भएपछि एक विमितलाई नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ५० लाख रुपैयाँ रकम प्रदान गरेको छ ।
नेशनल लाइफ विमा कम्पनीको प्रदेश शाखाले आज इटहरीमा एक कार्यक्रमका बीच विमित इटहरी ४ का ४१ वर्षीय साईमनराईलाई सो रकम प्रदान गरेको हो ।
बैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहँदा बिमार भाइ २०७९ पुषमा घाँटीको क्यान्सर भएको डाक्टरले प्रमाणित गरेपछिकम्पनीमा घातक रोग उपचार दावी विमा कम्पनीमा गरेको कम्पनीका प्रदेश प्रमुख नरेन्द्र राईले जानकारी दिए ।
उक्त विमा कम्पनीमा विमित साईमनले २०७६ कार्तिक २९ गते अमृत वर्षा विमा योजना अन्तर्गत ५० लाख रुपैयाँ विमा गरेका थिए ।
घाँटीमा प्राणघातक क्यान्सर रोग लागेर हाल औषधी उपचार गराइरहेका राईको जीवन विमा सूचारु रहने कम्पनीले जनाएको छ ।
अब चार वर्ष पूरा भएपछि उनलाई पुनः १६ लाख ६५ हजार रुपैयाँ उपलब्ध गराईने कम्पनीबाट जारी प्रेस नोटमा उल्लेख छ ।
नेशनलले बिरामी विमित राईलाई सात वर्ष पूरा भएपछि फेरि १६ लाख ६५ हजार रुपैयाँ हस्तान्तरण गर्ने जनाएको छ ।
१० वर्षको अवधि पूरा भएपछि १६ लाख ७० हजार रुपैयाँ नगद प्रदान गर्ने जनाएको छ । त्यस्तै १० वर्षको बोनस सहित क्यानसरबिरामी विमित राईलाई पुनः करिव ४९ लाख रुपैयाँ हस्तान्तरण गरेपछि मात्र विमा समाप्त हुने कम्पनीले जनाएको छ ।
यसै गरी विमा परिपक्क हुन वाँकी रहेको ६ वर्ष सम्म विमित राईको दोहोरो दुर्घटना लाभ सहित जोखिम पनि कम्पनीले बहन गरि रहनेपनि कम्पनीका प्रदेश प्रमुख नरेन्द्र राईले बताए ।


