१६ बैशाख, दमक ।
बेलायत सैनिकको सबै भन्दा उच्च युद्ध पदक भिक्टोरिया क्रस (भिसी) बाट सम्मानित क्याप्टेन राम बहादुर बेघाको पार्थिक शरीरबैशाख १७ गते आइतबार अन्त्येष्टि गरिने भएको छ ।
गत बैशाख ९ गते काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ८७ वर्षको उमेरमा उनको निधन भएको थियो ।
स्व. भिसी वेघाको पार्थिव शरीर अन्त्येष्टि लगायतको कार्यक्रम तय गरिएको अनेरी क्याप्टेन राम बहादुर वेघा लिम्वू प्रतिष्ठानकाअध्यक्ष मोहन थेवेले जानकारी दिए ।
उहाँको अन्त्येष्टि चैत १७ गते विहान ११ बजे विशेष सम्मानका साथ गर्न लागिएको बृटिश गोर्खा वेलफेयर कार्यालयले जनाएको छ ।
वेघाले सन् १९६६ मा इन्डोनेशियाको जंगलमा भएको युद्धमा आफ्ना पक्षको क्षति कम गराउन बहादुरी प्रदर्शन सहित प्रतिकार गर्दैघाइँते सैनिकहरुको उद्दार र गोलीगठ्ठा सुरक्षित गरेका थिए ।
युद्धमा क्षति कम गराउन बहादुरी र बुद्धिमता प्रस्तुत गरेवापत बेघालाई सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस (भिसी) प्रदान गरिएकोथियो ।
अन्त्येष्टि गर्नु अघि आइतवार विहान ७:४५ वजेदेखि ११ः१५ बजेसम्म दमक ८ स्थित वेघाको निजी निवासमा श्रष्दाञ्जलीका लागिराखिने र त्यसपछि दमक ६ स्थित उहाँकै नाममा स्थापित अनरेरी क्याप्टेन भिसी रामबहादुर बेघा प्रतिष्ठानको जग्गामा अन्त्यष्टिगरिने स्व.वेघाको बुहारी मनकुमारी बेघा (पन्दाक्(पन्दाक्)ले जानकारी दिइन् ।
अन्त्येष्टि कार्यक्रममा ब्रिटीस सैनिकका उच्च अधिकारीहरु सहभागी हुने वताइएको छ ।
दमक ८ का स्थायी वासिन्दा रहेका बेघाका ४ छोरा छन् । वेघा मृगौला र मुटु सम्वन्धि पुरानो समस्याबाट ग्रस्त थिए ।


