adv

सूचनाको हक बारे अन्तरकृया

१८ बैशाख, बिर्तामोड

प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आइतबार विर्तामोडमा एक दिने सूचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

प्रेस चौतारीले विर्तामोड नगरपालिका भित्रका क्याम्पसमा अध्ययन गरीरहेका विधार्थीलाई सहभागी गराएर सूचनाको हक सम्वन्धिअन्तरक्रिया कार्यक्रम गरेको हो

कार्यक्रममा सूचनाको हक भनेको के हो,सूचनाको हकको परिचय ,सूचनाको हक सम्वन्धी ऐन २०६४ बारे जानकारी,सूचना माग गर्नेनिवेदनको ढाँचा, माग गर्न नमिल्ने सूचनाहरु, सूचनाको हक पारदर्शीता लगायतका विषयमा छलफल गरिएको थियो

कार्यक्रममा सहजीकरण प्रेस चौतारी नेपाल झापाका उपाध्यक्ष,सूचना अभियन्ता प्रदिप परियारले गरेका थिए

संगठनका अध्यक्ष मन कुमार गदालको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका सदस्यगणेश पोखरेलले अहिलेको प्रविधिको युगमा जो संग धेरै सूचना त्यो नै विश्वको धनी मानिने हुदा सार्वजानिक सरोकारकोसूचनाको जानकारी राख्नु पर्ने बताए

सूचनाको हकलाई ब्यवहारमा उतार्ने काममा प्रेस चौतारी सबैसंग हातेमालो गर्न तयार रहेको अध्यक्ष गदालले प्रतिवद्धता ब्यक्त गरे

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु