१८ बैशाख, बिर्तामोड ।
यसवर्षको महानन्द पुरस्कार साहित्यकार कोमलप्रसाद पोखरेल रसुन्दर कुरुपलाई प्रदान गरिने भएको छ ।
नेपाली साहित्य विकास समिति, महानन्द पुरस्कार समिति र महानन्द स्मृति प्रतिष्ठानले सोमबार संयुक्त पत्रकार सम्मेलन गरीपुरस्कृत प्रतिभाहरुको नाम सार्वजनिक गरेको हो ।
पोखरेल कनकाईको सुरुंगा र कुरुप इलामको चुलाचुली निवासी हुन्। दुवै साहित्यकारका विभिन्न कृति प्रकाशित छन् ।
त्यस्तै यसवर्षदेखि वितरण हुने भवानी घिमिरे रंगपुण्य साहित्य सेवा पुरस्कार इलामेली कवि विमल बैद्यलाई प्रदान गर्ने निर्णय भएकोपत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
पुरस्कार साहित्कार एवम् नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्यले स्थापना गरेका हुन् ।
साहित्यकार एवम् राजनीतिज्ञ गोपालकुमार बस्नेतले स्थापना गरेको पूर्णटुंग स्मृति साहित्य सेवा पुरस्कार पाँचथरका साहित्यकारएवम् पत्रकार प्रेम ओझालाई प्रदान गरिने भएको छ ।
सबै पुरस्कारको नगद राशी १५/१५ हजारको रहेको छ ।
इलाामको रोङस्थित देवानछापमा आउँदो वैशाख ३० गते यी पुरस्कार वितरण हुने महानन्द सापकोटा स्मृति प्रतिष्ठानका अध्यक्षवृहस्पति खतिवडाले जानकारी दिए ।
भाषाशास्त्री सापकोटा मुलुकको मूर्धन्य साहित्यकार एवम् राजनीतिज्ञ समेत रहेका महानन्द पुरस्कार समितिका महासचिव चन्द्रभण्डारीले जानकारी दिए ।