१९ बैशाख, काठमाडौं ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आज मंगलबार प्रतिनिधि सभा सदस्य पदको सपथ लिएका छन् ।
बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट उप निर्वाचनमा निर्वाचित यादवले संसद सचिवालयमा सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।
संसद सचिवालयले दिएको जानकारी अनुसार यादवले एक समारोहका बीच सभामुख घिमिरेबाट प्रतिनिधि सभा सदस्यका रूपमा सपथ लिएका छन् । सो समारोहमा जसपाका सांसदहरु, संसद सचिवालयका कर्मचारी र जसपा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
अध्यक्ष यादवल गत बैशाख १० गते सम्पन्न उप निर्वाचनमा बारा २ बाट २८ हजार ४ सय १५ मत पाएर निर्वाचित भएका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएका थिए ।


