१९ बैशाख, दमक ।

नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ ।
अब नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा सामेल भएर खेल खेल्नेछ ।
मंगलबारको फाइनल खेलमा युएईले अन्तिम स्पर्धामा उपाधिका लागि दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो ।
नेपाललाई उपाधि दिलाउने क्रममा गुल्सन झाले अर्धशतकको पारी खेलेर घरेलु दर्शकको वाहीवाही बटुलेका थिए । उनले नटआउट ६७ रनको योगदान गरे ।
त्यस्तै भीम सार्कीले नटआउट ३६ रन जोडेर नेपालको जितमा योगदान गरे ।
त्यसअघि नेपालका दुवै ओपनरसहित कप्तान रोहित पौडेलले व्यक्तिगत दोहोरो स्कोर बनाउन सफल भएनन् । अन्तिम खेलमा उनीहरुको ब्याटिङ निरासजनक रह्यो ।

नेपाल च्याम्पियन बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् ।
उनले ट्विट गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता समेत गरेका हुन् ।

