adv

अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक बारे अन्तरक्रिया र प्रशिक्षण

२० बैशाख, दमक

दमकमा आयोजित एक कार्यक्रमका सहभागीहरले निष्पक्ष स्वतन्त्र पत्रकारितामा जोड दिएका छन्

भविश्यको अधिकार सुनिश्चितताः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रताभन्ने नाराका साथ ।बुधबार दमकमाआयोजित विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रमका वक्ताले सो बताएका हुन्

नेपाल पत्रकार महासंघ झापा शाखाले  दमकमा आयोजना गरेको अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक विषयक अन्तरकृयामाबोल्दै गौरादह नगरपालिाका नगर प्रमुख छत्रपति सुवेदीले पत्रकारले अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक प्रयोय गर्दैगर्दा तथ्यमाआधारित समाचार लेख्नुपर्ने बताए

अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहिन समाचार लेखेमा त्यसले समाजमा नकारात्मक असर पुग्ने भएकोले यसप्रति पत्रकार सधैसचेतहुनुपर्ने उनको भनाइ थियो

सुबेदीले भने -‘राम्रा काम पनि गरिएका हुन्छन्, त्यो पनि जनताले सूचना पाउनुपर्छ त्यस्ता समाचार पनि लेखिदिनु होला ।’

प्रशिक्षण कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रताका विषयमा मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनाल, नेपालमा प्रेसस्वतन्त्रता  हननको अवस्था तथा सूचनाको हक बारे महासंघका केन्द्रीय सदस्य अम्मर खड्का मल्टिमिडिया तथा क्यामेराह्यान्डिलिङको बारेमा कान्तिपुर टेलिभिजनका संवाददाता गणेशमान मुखीयाले सहजीकरण गरेका थिए

महासंघका प्रदेश कोषाध्यक्ष विमल लामिछाने, दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्वरुबल्लव निरौला, प्रेस मञ्चनेपालका संघीय अध्यक्ष कमान देवान, नेपाल प्रेस युनियनकी सचिव तथा नारी सञ्चार गृहकी अध्यक्ष रेजिना रोदन, प्रेस चौतारीकाप्रदेश महासचिव गोपाल झापाली, महासंघ झापाका पूर्वअध्यक्ष गोविन्दचन्द क्षेत्री

लगायतले अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका विषयमा आफ्नो भनाइ राखेका थिए

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाले प्रकाशन गरेको २०८० सालको क्यालेण्डर विमोचन गरिएको थियो

महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष केशव भट्टराईले स्वागत सहसचिव अर्जुनराजवंशीले सञ्चालन रहेको थियो

पत्रकार मञ्च दमक, सञ्चार क्लब गौरादह, सताक्षी प्रेस क्लबलगायतको समन्वयमा भएको कार्यक्रम दमकको स्वर्णलक्ष्मीसहकारीको सभाहलमा भएको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु