adv

आजबाट कक्षा १२ को परीक्षा सुरु

२६ बैशाख, दमक ।


आज मंगलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३ सय ८९ जना विद्यार्थीले सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षाको लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी दिँदै सो संख्यामा देशैभरका परीक्षा केन्द्रहरुबाट परीक्षा सञ्चालन हुने बताएका हुन् ।

शान्तिपूर्ण तरिकाले परीक्षामा सहभागी हुन परीक्षार्थीहरुलाई आग्रह गर्दै परीक्षा बोर्डका अध्यक्ष शर्माले देशभर १ हजार ४ सय ५७ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिएका छन् ।

बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले परीक्षाका लागि चाहिने सबै सामग्री जिल्लाहरुमा पुगिसकेको र परीक्षा मर्यादित बनाउन केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको बताएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु