adv

धनकुटामा जारी सहिद भिमनारायण गोल्डकपको फाइनलमा प्लानिङ ब्वाइज काठमाण्डौ

धनकुटा । धनकुटामा जारी सहिद भिमनारायण गोल्डकप फुटवल प्रतियोगीतामा प्लानिङ ब्वाइज काठमाडौ फाइनल प्रबेश गरेको छ ।
आइतबार धनकुटा स्थित तल्लो टुडिखेलमा भएको खेलमा काठमाडौको प्लानिङ ब्वाइजले बिराटनगरको पेमा युवाक्लव लाइ ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजीत गर्दै फाईनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुबै तर्फवाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय ट्राइबेकर मार्फत गरिएको थियो । निर्धारीत समयअबधीमा दुबै पक्षले गोल गर्ने केहि सुन्दर अवसर गुमाएका थिए ।

ट्राइबेकरमा बिजयी टोलिको तर्फवाट रिसभ अधिकारी, बिशाल दर्जी, राजेश शाह, डेयाडीे वाम्बा र यो नेपोलियनले पेनाल्टी प्रहार गर्दै गोल गरेका थिए । यता पेमाको लागि भने रिम, यानीक, भिस्म क्षेत्री र सजीन थापा मगरले गरेको प्राहार मात्र गोलमा परिणत भएको थियो बिकेस राइले गरेको प्रहार भने प्लानिङ ब्वाइजका गोलकिपर लोकेस चौधरीले रोकेका थिए । आजको खेलमा प्लानिङ ब्वाइजका लोकश चौधरी म्यान अफ द म्याच घोसित भए । उनले नगद रु ४ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत सोमबार हुने दोस्रो सेमिफाइनल खेलमा बिरगजं युनाइटेडले झापा फुटबल क्लबको सामना गर्ने गोल्डकप प्रचारप्रसार समितिका संयोजक बिदुर खवासले जानकारी दिनुभयो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु