adv

मन्त्री राईले भेटे गोली लागेका फागोलाई

२ जेठ, दमक ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले बैशाख २६ गते झापाको दमकमाप्रहरीको गोली लागेर घाइँते बनेका गजेन्द्र फागोलाई भेटेका छन्

आज मंगलबार ललितपुरस्थित बी एण्ड बी अस्पतालमा थप उपचार गराइरहेका फागोलाई भेट्न उनको स्वास्थ्य स्थिति बारे जानकारी लिन जसपा संघीयपरिषद् अध्यक्ष एवम् शिक्षा मन्त्री राई अस्पताल पुगेका हुन्

झापाको बी एण्ड सी अस्पतालमा उपचार गराइरहेका फागोलाई थप उपचारको निम्ति राजधानी लगिएको हो

गोली लागेर घुँडाको पांग्राले काम नगर्ने भएपछि बी एण्ड बी अस्पतालका चिकित्सकहरुले उनको घुँडाको शल्यकृया गरेका छन् भने वैकल्पिक उपचार गरी हिँडडुल गर्न सक्ने अवस्थामा फर्काउने प्रयास भैरहेको बताइएको

फागोको स्वास्थ्य अवस्था बारे मन्त्री राईको सचिवालयले उनको फेसबुकपेजमार्फत जानकारी दिइएको हो

प्रदेश को नाम कोशी खारेज गर्नुपर्ने पहिचानका आधारमा पुन: नामांकनगर्नुपर्ने मागसहित जारी शान्तिपूर्ण आन्दोलनकै क्रममा गत बैशाख २६ गते साँझदमकमा राँके जुलुश निकालिएको थियो

दमकको गणतन्त्र चोकमा प्रहरी प्रदर्शनकारीबीच राँको खोस्ने खोस्न नदिने निहुँमा झडप सुरु भएको थियो

झडपका क्रममा प्रहरीले हानेको गोली फागोको देब्रे घुँडामा लागेको थियो

गोली लागेका उनलाई प्रहरीले बुट लाठी प्रहार गर्दा तिघ्राको हड्डी भाँचिएको थियो भने शरीरका विभिन्न भागमा चोट लागेको थियो

उनीसँगै गोलीको छर्रा लागेर घाइँते भएकी निर्मला क्षेत्री भने उपचारपछि डिसचार्ज भै घरमै आराम गरिरहेकी छिन्

अश्रु ग्यासको सेलले लागेर घाइँते बनेका मिलन रुम्दाली राई समेत अस्पताल भर्ना भै हाल घरमै आराम गरिरहेका बताइएको

घटनामा प्रहरीतर्फ इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा, प्रहरी निरीक्षकद्वय देवानन्द मिश्रा जीवन गौतमसहित १०जना भन्दा बढी संख्यामा घाइँते भएका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु