३ जेठ, काठमाडौं ।
डिजेल र मट्टीतेलमा भारतबाटै मूल्य घटेर आएपछि सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ ।
प्रतिलिटर १० रूपैयाँ मूल्य इन्धनमा घटेर आएकोले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरिएको यातायात व्यवस्था विभागले जनाएको हो । घटेको भाडादर आजदेखि लागू हुने विभागको भनाइ छ ।
यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको हो ।
अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने व्यवस्था छ ।


