३ जेठ, काठमाडौँ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणको अभिभारा एमाले एक्लैले पूरा गर्ने दावी गरेका छन् ।
पार्टीले आयोजना गरेको मदन–आश्रित स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।
ओलीले सम्बोधनका क्रममा भने -‘एमाले एक्लैले देश बनाउने अभिभारा पुरा गर्छ । हामी सत्ता स्वार्थका लागि कसैसँग मिल्दैनौं । देशजनता, सुशासनका लागि, समृद्धिका लागि मिल्छौ ।’
देशलाई समृद्धिको बाटोमा लग्न मदन भण्डारीका सपनालाई अगाडि बढाउनुपर्ने जिकिर गर्दै उनले देश संकटले घेरिएको बेला एमालेसचेत र जिम्मेवार भएर लाग्ने बताए ।
सत्ता गठबन्धन विरुद्ध गाली गर्न अधिकांश समय खर्चिएका ओलीले देशको ठूलो दल नेपाली कांग्रेसलाई आवारा पार्टीको संज्ञा दिए ।
गठबन्धनका नाउँमा मुलुकको यो अवस्था आउनुमा कांग्रेस जिम्मेवार रहेको भन्दै उनले कांग्रेसलाई राजनीतिक पार्टी नै भन्न नमिल्नेदावी गरे ।


