adv

न्यायालयको फैसला स्वीकार्दै पुनरावलोकनमा जान्छु : रेशम चौधरी

जेठ,दमक

टीकापुर घटनामा दोषी प्रमाणित गरी सर्वोच्च अदालतले समेत जन्म कैदको फैसला सुनाइएका जेलबन्दी रेशमलाल चौधरीले न्यायालयको फैसलाले आफूलाई अन्याय भए पनि स्वीकर्ने बताएका छन् ।

बुधबार डिल्लीबजार कारगारबाट हस्तल्खित विज्ञप्ति जारी गर्दै चौधरीले फैसला स्वीकार्ने र त्यसविरुद्ध आफू न्यायिक पुनरावलोकनमा जाने समेत बताएका हुन्

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक समेत रहेका चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको -‘हामी सम्मानितअदालतलाई सदा सम्मान गर्छौं, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ, अहिले टीकापुर घटनाको फैसलालाईअनर्गल बनाउँदै जथाभावी सामाजिक सञ्जालमा जे पायो त्यही पोष्ट नगर्न हुन अनुरोध गर्दछु    

आफू डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको उल्लेख गर्दै चौधरीलेधरातलनामक पुस्तकलेखिरहेको केही दिनमै बजारमा आउने जानकारी समेत दिएका छन्

२०७२ भदौ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित जना सुरक्षाकर्मी एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु