adv

लायन्स क्लव इन्टरनेश्नल 325 C को सेकेण्ड भाइस गर्भनरमा अजय अग्रवालको उम्मेद्वारी

३ असोज, दमक ।


२ सय ५० बढी लायन्सकर्मी तथा लायन्स लिडरहरुको उपस्थितिमा लायन्स क्लव अफ झापा दमकले अजयकुमार अग्रवालाई लायन्स क्लव इन्टरनेश्नल ३२५ सि को सेकेण्ड भाइस गर्भनर पदमा उभ्याउदै विधिवत रूपमा उम्मेद्वारी दर्ता गराएको छ ।

झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा बुधबार विहान ११ बजे उम्मेद्वारी मनोनयन भएको हो ।

निर्वाचन समितिका मूल संयोजक राजन खत्री सहितले अग्रवाललाई विजयको अगृम शुभकामना दिएका थिए ।

सो क्रममा खत्रीले भने -‘अजय अग्रवाल निरन्तर रुपमा लायन्समा लागेको र अविछिन्न लायन्सकर्मीहरुमाझ रहेको ब्याक्ति हुनुहुन्छ । उहाँलाई म विजयको शुभकामना दिन चाहन्छु ।’

कार्यक्रममा डिस्ट्रिक गर्भनर धिरज गुरुङ, पुर्व गर्भनरहरु फुलकुमार लालवानी, लिला ढुंगेल, रेवतबहादुर कार्की, लगायतले अग्रवालले लायन्समा खेलेको भूमिका र दिएको योगदानका कारण आज यहाँसम्म आईपुगेको भन्दै प्रशंसा गरेका थिए ।

मनोनयन कार्यक्रममा सहभागि हुँदै दमक नगरपालिका प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईले पनि लायन्स क्लव अफ झापा दमकले अघि सारेका उम्मेद्वार अग्रवालको विजयको शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक क्षेत्रमा सक्रिय रहेको लायन्स क्लवको नेतृत्वको भागदार दमक पनि हुन लागेको पाउदा खुशी लागेको उनीहरु दुवैको भनाई थियो । दुबैले दमकबाट एकल उम्मेद्वार बनाएर जान तथा त्यसका लागि प्रयत्न गर्न पनि आग्रह गरेकाछन् ।

यसैबीच लायन्स क्लव अफ झापा दमकले आफ्ना उम्मेद्वार अग्रवाललाई सर्वसम्मत बनाउनका लागि अनुरोध गरेको छ । सम्पूर्ण लायन्सकर्मी तथा लायन्स लिडरहरुलाई सर्वसम्मत रुपमा अग्रवाललाई सेकेण्ड भ्याईस गर्भनरमा समर्थन गर्न आग्रह गरेको क्लवका सचिव विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

लामो समयदेखि लायन्समा सक्रिय र लायन्स अभियानमा निरन्तर रहेकाले अग्रवाललाई अघि सारिएको समेत उनको भनाई छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु