३ जेठ, दमक ।
गत शनिवार लण्डन फेल्ठामस्थित किराँत सत्यहङ्मा महागुरु फाल्गुनन्द सोसाईटी युकेले यक्वा पूजा सम्पन्न गरेको छ ।
माननीय तारा देवी राईको प्रमुख आतिथ्यतामा सम्पन्न पूजामा संस्थाका अध्यक्ष रतनकुमार चेम्जोङ समेत्ले द्विप प्रजलन गरेरकार्यक्रमको उद्घाटन गरेका थिए ।
सेवा सावाहरु गुरु रुद्र,ओम, बिष्णु तुम्बापो र कल्पनाद्धारा उभौली र विशेष पूजा गरिएको थियो भने कार्यक्रम बारे सल्लाहकार दिलकुमार सम्बाहाम्फेले यक्वा तङनाम किन र के का लागि गरिन्छ भन्ने बारे प्रकाश पारेका थिए ।
कार्यक्रमका वक्ताहरुले आफ्नो संस्कार र संस्कृतिको रक्षार्थ यस्ता कार्यक्रम गरेर आफूहरु पनि सहभागी हुन पाएकोमा आयोजकप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा हेम तुम्बापोले उपस्थितहरुलाई स्वागत गरेका थिए भने सम्भावित स्वास्थ्य जोखिमलाई ख्याल राख्दै हेल्थ एन्डसेफ्टिको बारेमा संस्थाका सचिव पूर्ण कुमार फालेछुवाले जानकारी दिएका थिए ।
कार्यक्रममा कि.या.चु युकेका कोषअध्यक्ष दीपेन्द्र यक्सो, रस्मोर शाखा सचिव कृष्ण योङहाङ, लण्डन सीनियर शाखा अध्यक्ष चन्द्रबहादुर लिङ्देन, थाकथकुहाङ माबोहाङ चेम्जोङ समाज बेलायतका अध्यक्ष नेत्र चेम्जोङ र किरात धर्म तथा साहित्य उत्थान संघराष्ट्रिय समिति बेलायत का अध्यक्ष राम कुमर सिंथेबे लगायतको सहभागिता रहेको थियो ।


