४ जेठ, जनकपुरधाम ।
मधेस प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनअपेक्षाकृत नै आउने बताएका छन् ।
मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयद्वारा आयोजित पूर्वबजेट सम्बन्धि छलफल कार्यक्रममा मन्त्री यादवले आगामी आर्थिक वर्षकोबजेट जनताले चाहेको र अपेक्षा गरेकै हिसाबले आउने बताएका हुन् ।
जनाकांक्षा अनुरुप नीति तथा कार्यक्रम तयार भइरहेको भन्दै मन्त्री यादवले भने -‘जनताका अपेक्षा छन्, जनताले आम विषय ठीकभइदिए भन्ने चाहेका छन्, हामीले जनताले चाहेका कुरा नै पूरा गर्नुपर्छ ।‘
जनताका प्राथमिकतालाई मध्यनजर गरेरै बजेट ल्याउनु आफ्नो उत्तरदायित्व रहेको भन्दै यादवले सीमित स्रोत, साधनका बाबजुदप्रदेश सरकारप्रति जनताको धेरै अपेक्षा रहेको स्वीकार गरे । उनले यस वर्षको बजेटमा जनताका आवश्यकता र अपेक्षालाई मुख्यप्राथमिकतामा राखिने दाबी गरे ।
प्रदेश सरकारले मधेस प्रदेशका ८ वटै जिल्लाका हरेक वडामा देखिने गरी बजेटको व्यवस्था गर्ने अर्थ मन्त्री यादवको भनाइ छ ।
कार्यक्रममा सहभागी प्रदेश सभा सदस्यहरु र प्रतिनिधिहरुले बजेटमा अनावश्यक कुरा समेटिनु भन्दा प्रभावकारी योजनामा लगानीगरेर प्रतिफल दिने किसिमको बजेट तर्जुमा गर्न सुझाव दिएका थिए ।
साथै, पछिल्लो समय भुक्तानीका विषयहरु विवादित बन्दै गएको भन्दै सहभागीहरुले त्यसलाई व्यवस्थित गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा मधेस प्रदेशका प्रदेश सभा सदस्यहरु, प्रदेश सरकार मातहत निकायका पदाधिकारी र नीति आयोगकापदाधिकारीहरुको उपस्थिति थियो ।


