adv

दमकमा जेसीज सप्ताह सुरु, विभिन्न सामाजिक गतिविधि गरिँदै

४ जेठ, दमक 

दमकमा जेसीज सप्ताह बुधबारबाट शुरु भएको

जेसीज सप्ताह अन्तर्गत बुधबार औपचारिक उद्घाटनसहित सडक दुर्घटना न्यूनीकरण सचेतना , विद्यार्थीका लागि आखाँ परीक्षणतथा प्रविधिको बढ्दो लत सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको महासचिव रामचन्द्र अधिकारीले बताए

पहिलो दिन सडक दुर्घटना न्यूनीकरण बारे चेतनामूलक कार्यक्रम आयोजना भएको थियो ट्राफिक कार्यालय दमकका प्रमुख प्रहरीनायव निरीक्षक सुन्दर श्याम पोख्रेलले दमकमा सडक दुर्घटनाका अवस्था तथा भईरहेको गतिविधिका बारेमा जानकारी दिएका थिए

दमक जेसीजका अध्यक्ष मुकेश अग्रवालको अध्यक्षतामा सुरु भएको सप्ताह उद्घाटनमा दमक वडा नम्बर का वडाअध्यक्षटेकबहादुर थापा, वडा नम्बर का वडाअध्यक्ष भिमप्रसाद पौडेल, दमक ८ का वडा अध्यक्ष दिपेश दाहाल, दमक जेसीज बोर्ड अफ ट्रष्टका अध्यक्ष लोकबहादुर अधिकारी, दमक जेसीजका संस्थापक सदस्य पदम कोइराला, पूर्व अध्यक्षहरु, जेसीज सदस्य, स्काउट तथा विभिन्न सामाजिक संघसंस्थाकाप्रतिनिधिहरुको उपस्थिति रहेको थियो

कार्यक्रम अन्तर्गत बुधबारनै दमक स्थित जनता आधारभूत विद्यालयका सय भन्दा बढी विद्यार्थीको आखाँ परीक्षण गर्नुका साथैडिजीटल प्रविधिको लतले सामाजिक जीवनमा पुर्याउन सक्ने असरका बारेमा सचेत गरिएको थियो

    

सप्ताह अन्तरगत दमक जेसीजले दिनसम्म विभिन्न कार्यक्रम गरि समुदाय लक्षित कार्यक्रम आयोजना गर्ने दमक जेसीजकाकार्यकारिणी उपाध्यक्ष एवम् कार्यक्रमका संयोजक सहदेव भटटराईले जानकारी दिए

सप्ताह अन्तर्गत आज विहिबार दमक जेसीज चौंकमा सरसफाई तथा डस्विन वितरण , दमक को बशिष्ट संस्कृत विद्यापिठका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिने

 

त्यस्तै, आज दिउसो .३० वजेनै दमक स्थित सरस्वती माविका छात्रा विद्यार्थीहरुलाई लक्षित गरि स्वास्थ्य सचेतनासहित सेनेटरीप्याड हस्तान्तरण गरिने

अध्यक्ष अग्रवालका अनुसार शुक्रवार समापन हुने जेसीज सप्ताहमा विहानीपख दमक स्थित वेष्ट फूटसलमा मैत्रीपूर्ण फूटसलतथा दमक स्थित केवीआर होटलमा लागूपदार्थको लत,रोकथाम सम्बन्धी सचेतनासहित औपचारिक रुपमा समापन कार्यक्रमराखिएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु